News Category 2073/01/31

दुई हजार पाँच सय लिटर अवैद्य घरेलु मदिरा बरामद गरि नष्ट

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० बैशाख । 
सप्तरीको विभिन्न स्थानबाट प्रहरी करिब दुई हजार पाँच सय  लिटर अवैद्य घरेलु मदिरा बरामद गरि नष्ट पारेको छ । 
प्रहरीले जिल्लाको जमुनी मधेपुरा गाविस आसपासका क्षेत्र र राजविराज नगरपालिका कारागार वरिपरिका क्षेत्रबाट करिब दुई हजार लिटर अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।
नगर प्रहरी कार्यालय राजविराजका असई प्रमोद कुमार साहको नेतृत्वमा खटेको टोलीले जिल्लाको जमुनी मधेपुरा गाविस वडा नं. १ र २ बाट चार वटा ठूला ड्राम घरेलु मदिरा बनाई राखेको अवस्थामा बरामद गरि बिहीबार नष्ट गरेको नगर प्रहरीका प्रहरी नायब निरिक्षक ब्रहमदेव साहले जानकारी दिनुभयो ।  
सो स्थानमा घरेलु मदिरा बनाउँने भट्टी, सामाग्रि र अखाध्य बस्तुहरु समेत नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै राजविराज कारागार क्षेत्र वरिपरिका स्थानबाट समेत अवैध रुपमा बनाउँदै गरेको तथा राखेको अवस्था मदिरा बरामद गरि नष्ट पारेको बताउनुभयो । 
यस्तै सप्तरीको कञ्चनपुर बजारमा अवैधरूपमा घरेलु मदिरा उत्पादन गरी बिक्री–वितरणका लागि राखिएको पाँच सय लिटर मदिरा प्रहरीले जफत गरी नष्ट गरेको छ ।  
इलाका प्रहरी कार्यालय कञ्चनपुर र आन्तरिक राजस्व कार्यालय लहान सिराहाबाट संयुक्त रूपमा खटिएको प्रहरीको टोलीले सो मदिरा जफत गरेको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो । 
स्थानीय पसलमा चेकजाँच गर्ने क्रममा बिनाइजाजत घरेलु मदिरा बिक्री–वितरणका लागि राखिएको ५०० लिटर मदिरा बरामद गरी खाल्डोमा पुरी नष्ट पारिएको उहाँले जानकारी दिनुभयो । स्थानीयवासी, प्रहरी र सञ्चारकर्मीको उपस्थितिमा सो मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट