News Category 2073/02/01

प्रहरीलाई अपराध गर्न छुट छै्रन् ः एआइजिपी शर्मा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
एआइजिपी विज्ञानराज शर्माले प्रहरी जति बलियो हुन्छ, त्यती नै प्रजातन्त्र पनि बलियो हुने बताउनुभएको छ । 
अंचल प्रहरी कार्यालय सगरमाथाले शुक्रबार राजविराजमा आयोजना गरेको अपराध नियन्त्रण र अनुसन्धान सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै एआइजिपी शर्माले सो कुरा बताउनु भएको हो । 
प्रहरी जनताको मित्र हो, यस कुरालाई सबैले मनन् गर्नुपर्ने बताउँदै उहाँले केही प्रहरी पनि न्यून मात्रामा अपराधी गतिविधी संलग्न रहेको तर, उनीहरुलाई अपराध गर्न छुट नरहेको स्पष्ट पार्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा जनताहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उहाँले लागु पदार्थ र मदिरा सेवनले गर्दा नै समाजमा अहिले बढी अपराध भइरहेको उल्लेख गर्नुभयो । विशेष गरि मधेशका जिल्लाहरुमा खुल्ला सीमानाका कारण लागु पदार्थ भित्रिन सजिलो हुने गरेको बताउनुभयो । 
छिमेकी मुलुक भारतले मादक पदार्थ बिक्रिमा अत्यन्त कडाई गरि अपराध नियन्त्रण गर्न प्रयास गरेको उल्लेख गर्दै नेपालमा पनि मादक पदार्थको बिक्रिमा कडाई गर्नु पर्ने धारणा राख्नुभयो । 
सोही कार्यक्रममा पूर्वका डीआइजी केशरीराज घिमिरेले अपराध नियन्त्रण गर्न अहिले प्रहरीले सक्दो प्रयास गरिरहेको दाबी गर्नुभयो । प्रहरीसँग जनताको ठूलो भरोसा र विश्वास रहेको उल्लेख गर्दै उहाँले प्रहरीले आगामी दिनहरुमा यस विश्वासलाई अझ् प्रगाढ गर्ने तर्फ लागिरहेको बताउनुभयो । 
आन्दोलनका क्रममा प्रहरीले घुँडामूनी गोली नचलाई एक्कासी छातीमै गोली चलाएको कुरालाई आत्मसाथ गर्दै उहाँले आगामी दिनहरुमा प्रहरीले आन्दोलनमा सक्दो गोली चलाउने अवस्था सृजना हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 
सो अन्तरक्रियामा सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, अंचल प्रहरी कार्यालय सगरमाथाका एसएसपी उत्तम बहादुर सिंहलगायत सप्तरी, सिरहा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ जिल्लाका प्रहरी प्रमुखहरुको समेत सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट