News Category 2073/02/04

“विद्यालयमा बेन्च, डेस्क, टेबुल, ट्युवेल र शौचालय मात्र छैन्”

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ जेठ । 
न त ट्युवेल छ, न त शौचालय, यस्तो अवस्था रहेको छ, सप्तरीको नर्घो गाविस १ स्थित सन्यासी राष्ट्रिय प्राथमिक विद्यालयको । 
सरकारले बर्षेनी शिक्षामा अर्बौ खर्बौको लगानी गरेपनि सो सामुदायिक विद्यालयको अवस्था अझै दयनिय रहेको छ । वि.स. २०६३ सालमा स्थापना भएको उक्त विद्यालयमा करिब १ सय जना बालबालिकाहरु अध्ययनरत रहेका छन् । विद्यालयमा चार कोठे दुई वटा भवन रहेपनि विद्यालयमा न त बेन्च, डेस्क, टेबुल नै छ, न त खानेपानीका लागि टयुवेल नै, न त शौचालय नै ।  
खानेपानीको ट्युवेल विग्रेको महिनौ बितिसक्दा पनि अहिले सम्म विद्यालय प्रशासनले कुनै चासो देखाएको छैन्, न त सम्बन्धित निकायले नैं । विद्यालयमा खानेपानी ट्युवेल नहुँदा त्यहाँ अध्ययनरत बालबालिकाहरु आ–आप्mनो घरमा कक्षा छाडेर पानी खान जानुपर्ने अवस्था रहेको विद्यार्थीहरुले बताएका छन् ।
सरकारले सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षाको लागि बर्षेनी लार्खौ रकम दिएपनि सो रकम विद्यालयका प्रअ तथा विद्यालय व्यवस्थापन समितिको गोजीमा जाने गरेको आरोप समेत स्थानीयबासीहरुले लगाउँदै आएका छन् । पढ्ने बेलामा पानी खान मन भएपछि कक्षा छोडेर घरमा गएर पानी खानुपरेको कक्षा ५ मा अध्ययनरत एक बालिका राधा कुमारी मण्डलले बताइन् । 
त्यस्तै नेपाल सरकारले सन् २०१७ सम्ममा नेपाललाई तथा सन २०१६ सम्ममा सप्तरी जिल्लालाई खुल्ःला दिसा मुक्त घोषणा गर्ने लक्ष्य लिएपनि सो विद्यालयमा अझै शौचालय रहेको छैन ।
विद्यालयमा शौचालय नहुँदा विद्यालयका बालबालिकाहरु विद्यालय नजिकैको बाँसघारीमा गएर दिसा पिसाब फेर्न गरेका छन् । 
विद्यालयमा एक वर्ष अगाडी नै जिल्ला शिक्षा कार्यालयले शौचालय निर्माणको लागि ४ लाख रकम बिनियोजित गरेपनि हालसम्म सो विद्यालयमा शौचालय निर्माण हुन नसकेका कारणले त्यहाँ अध्यनरत बालबालिकाहरु खुल्ला ठाउँमै गएर दिसा पिसाब फेर्न बाध्य छन् । त्यस्तै विद्यालयमा शौचालय नहुँदा विद्यालयका शिक्षक तथा शिक्षिकाहरु समेत खुल्ला ठाउँमै गएर दिसा पिसाव गर्ने गरेको स्थानीयबासीहरु बताउँछन् । 
विद्यालयमा शौचालय बनाउन पठाएको रकम विद्यालयकै खातामै जम्मा रहेको सो विद्यालयका प्रअ बेचन यादवले जानकारी दिनुभयो । प्रअ यादवले विद्यालय बाहिर खानेपानी ट्युवेल रहेको तर सो ट्युवेल चोरी भएको बताउनुभयो । यस्तै उहाँले जिल्ला शिक्षा कार्यालयले शौचालय निर्माणका लागि चार लाख छुट्याएको भन्दै हाल दुई लाख रकम मात्र खातामा आएकोले बाँकी रकम आउने बित्तिकै शौचालय निर्माण कार्य शुरु गर्ने जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट