News Category 2073/02/05

६१ वर्ष कैद सजाय पाएका फरार अपराधी पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ जेठ । 
सप्तरी जिल्ला अदालत राजविराजबाट कैदि भगाएको अभियोगमा ६१ बर्ष कैद सजाय पाएर फरार रहेका एक अपराधिलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा जिल्लाको पिप्रा पुर्व गाविस ५ बस्ने ५५ बर्षिय राम फुल मलाहा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरी र अदालतबाट खटिएको टोलीले निजलाई घर वरपरबाट पक्राउ गरीएको तथा पक्राउ परेका महालाको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट