News Category 2073/02/07

आगलागीमा दश लाख बराबरको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ जेठ । 
सप्तरीको सीतापुर–१ मा बुधबारराति आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।
स्थानीयवासी राजु चौधरीको गाईगोठबाट अचानक सल्किएको आगोले निजका तीन घर र छिमेकी लखन चौधरीको दुई घर तथा महेश चौधरीको एक गरी जम्मा छवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
गोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद गरी करिब रु १० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो । 
आगो स्थानीयवासी, नेपाल प्रहरी र सिरहाको लहानबाट आएको बारुणयन्त्रबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट