News Category 2070/05/23

सप्तरीको गाविस कार्यालयहरु एक सातादेखि ठप्प

दैनिक समाचारदाता


राजविराज÷बिगत एकसातादेखि सप्तरीका सम्पुर्ण गाविस कार्यालयहरु ठप्प रहेका छन् । गाउँ विकास समितिमा कार्यरत कर्मचारीहरु बिभिन्न माग अघि सार्दै काम बहिष्कार गरी आन्दोलनमा उत्रेपछि गाविस कार्यालयहरु ठप्प भएका हुन् । राज्य कोषबाट गाविस कर्मचारीहरुलाई तलब भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग गर्दै गत आइतबारदेखी कामकाज छाडेर जिल्ला विकास समितिमा अनिश्चितकालिन धर्ना बस्दै आएका छन् । 
राज्य कोषबाट तलब भत्ता उपलब्ध गराउनुपर्ने, स्थानिय निकाय सेवा आयोगको गठन गर्नुपर्ने र गाविस कर्मचारीहरुको क्षमता बिकासका लागि क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने तीन सुत्रिय माग अघि सार्दै उनीहरु ६ दिनदेखी आन्दोलनरत छन् ।
गत सोमबारदेखी आन्दोलन थालेको गाविस कर्मचारीहरुले मंगलवार दुई घण्टा हातमा कालो पट्टी बाँधेर काम गर्दै आइरहेको थिए । कालो पट्टी बाँधेर काम गर्दा समेत कुनै सुनुवाई नभएपछि बाध्य भएर धर्नामा बस्नु परेको गाविस कर्मचारी संघ सप्तरीका अध्यक्ष परशुराम यादवले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट