News Category 2073/02/15

गठित समिति क्रियाशिल नरहेको आयोगका सदस्य सुवेदीको आरोप

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग नेपालको आयोजनामा शुक्रबार छलफल तथा अन्तरक्रिया कार्यक्रम राजविराजमा सम्पन्न भएको छ । 
सो कार्यक्रममा आयोगका सदस्य श्रीकृष्ण सुवेदीले द्वन्द्वकालमा मारिएका, घाइतेहरु, वेपत्ता भएकाहरु, बलात्कृत महिला र लुटिएका व्यक्तिहरुको सही तथ्याङ्क नरेहकोप्रति गठित समिति क्रियाशिल नरेहेको आरोप लगाउनुभयो । उहाँले पीडितहरु आयोगको प्रक्रियामा आउन नसकेको बताउँदै समिति सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । 
समितिलाई सहयोग गर्नका लागि नागरिक समाज, संचारकर्मीहरु, राजनीतिक दल लगायतलाई आग्रह समेत उहाँले गर्नुभयो । 
सो अवसरमा नागरिक समाज, बौद्धिक समाज, द्वन्द्वपीडितहरु, संचारकर्मी लगायतको उपस्थित रहेको थियो ।   

प्रतिकृया दिनुहोस

ताजा अपडेट