News Category 2073/02/15

भर्ना अभियानका लागि बालबालिकाद्वारा घरदैलो कार्यक्रम सुरु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ जेठ । 
सप्तरीको मल्हनमा गाविसमा विद्यालय जानबाट बञ्चित रहेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउन बाल क्लवका बालबालिकाहरुले घरदैलो अभियान शुरु गरेका छन । 
बालबालिकाहरुले गाविसका रहेका एक प्रावि र २ वटा निमावि रहेका विद्यालयहरुमा जानबाट बन्चित रहेका बालबालिका तथा बालबालिकाहरुको परिवारलाई पहिचान गरेर सो बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउन प्रेरित गर्ने गरेको जनाईएको छ ।
सबल नेपाल र सेभ द चिल्ड्रेनद्धारा संचालित स्पोन्सरसिप कार्यक्रम अन्तगर्त पुर्न गठन गारिएका बाल क्लवका बालबालिकाहरु घरदेलौ अभियान गरीरहेको निमावि मल्हनमाका फोकल शिक्षक उमाकान्त चौधरीले जानकारी दिनुभयो ।
राप्रावि मल्हनमा ४ का प्रअ नर्सिङ्ग चौधरीका अनुसार विद्यालयबाट सर्वेक्षण गरेर सो अभियान शुरु गर्न थालिएको जानकारी दिनुभयो । बाल संजालका अध्यक्ष रामदेव चौधरीका अनुसार घरदेलौ अभियानमा बाल क्लव, बाल संजाल, विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, आमा समुह र गाउँ बाल संरक्षण समितिसँग समन्वयन गरी शत प्रतिशत विद्यालय भर्ना गराउन सो अभियान शुरु गरेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट