News Category 2073/02/16

बजेटमा सप्तरीलाई थोरै भएपनि प्राथमिकता

दैनिक समाचारदाता

राजविराज÷सरकारले आगामी आर्थिक वर्ष ०७३÷७४ को बजेटमा सप्तरीलाई गत वर्ष भन्दा अलि बढी प्राथमिकता दिएको छ । 
मुलुक भरिका १० पुराना नगरपालिकाको स्तर उन्नतीका लागि ५ अर्ब बजेट बिनियोजन गरेको छ । जस अन्तरगत राजविराज नगरपालिका समेत परेको छ । राजविराज नगरपालिकाले आगामी आर्थिक वर्षमा ५० करोड रुँपैया नाला, ढल र सडक बिस्तारका लागि पाउने भएको छ । 
यस्तै सरकारले मुलुकमा रहेका विमानस्थल मध्ये संचालनमा आउन नसकेका ६ वटा विमानस्थलहरुलाई आगामी आर्थिक वर्षमा मर्मत सम्भार गरि संचालनमा ल्याउनका लागि बजेटमा विशेष व्यवस्था गरेको छ । जसमा राजविराज विमानस्थल समेत परेको छ । 
यसैगरि छिन्नमस्ता शक्ति पीठको विकासका लागि निजि स्तरलाई अग्रसर गरि विकास गर्ने नीति ल्याएको छ । त्यस्तै गजेन्द्र नारायण सिंह प्रतिष्ठानलगायत अन्य प्रतिष्ठानका लागि ५० करोड रकम छुट्याएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट