News Category 2070/05/24

आन्दोलन प्रति विभिन्न संघसंस्थाको ऐक्यबद्धता

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २३ भदौ । 
गाविस कर्मचारीहरुको आन्दोलनप्रति विभिन्न संघ संस्थाहरुले ऐक्यबद्धता जनाएका छन् । 
सप्तरीका गाविसमा कार्यरत कर्मचारीहरुले सुरु गरेको आन्दोलनप्रति ७५ वटै जिल्लाका स्थानीय निकायकाले ऐक्यबद्धता जनाएका हन् ।
यसैगरि सोही आन्दोलनमा गाविस सचिव हकहित संरक्षण केन्द्र नेपाल जिल्ला कार्यसमिति सप्तरीले पनि ऐक्यबद्धता प्रकट गरेको छ । 
केन्द्रका केन्द्रिय उपाध्यक्ष रामकुमार यादव तथा जिल्ला अध्यक्ष भागवत प्रसाद यादवद्वारा आइतबार जारि विज्ञप्तिमा पेशागत हकहितका लागि विभिन्न माग राखि आन्दोलनरत कर्मचारीहरुप्रति कलम बन्द गरि ऐक्यबद्धता जाहेर गरेको जनाएको छ । 
विज्ञप्तिमा मागहरु जायज रहेकोले यथासिघ्र माग प्रति राज्य संवेदनशिल हुनुपर्ने भन्दै जिल्ला अन्तरगत कुनै पनि कार्यक्रममा गाविस सचिव सहभागि नहुने जनाइएको छ । 
यस्तै स्थानीय निकाय कर्मचारी संघ नेपाल सप्तरीका अध्यक्ष कमलेश्वर बिराजीले विज्ञप्ति जारि गर्दै आन्दोलनरत कर्मचारीहरुको जायज माग प्रति ऐक्यबद्धता जनाइएको उल्लेख छ । 
यसअघि बिगत ८ दिनदेखी गाउँ विकास समितिमा कार्यरत कर्मचारीहरु बिभिन्न माग अघि सार्दै काम बहिष्कार गरी जिविस सप्तरीमा धर्नामा बसेका छन् ।
राज्य कोषबाट तलब भत्ता उपलब्ध गराउनुपर्ने, स्थानिय निकाय सेवा आयोगको गठन गर्नुपर्ने र गाविस कर्मचारीहरुको क्षमता बिकासका लागि क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने तीन सुत्रिय माग अघि सार्दै गत आइतबारदेखी कामकाज छाडेर कर्मचारीहरु जिल्ला विकास समितिमा अनिश्चितकालिन धर्ना बस्दै आएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट