News Category 2073/02/17

उद्योगी केडिया तीन दिनपछि मोतिहारीबाट अपहरण मुक्त

दैनिक समाचारदाता

दैनिक समाचारदाता
बिरगन्ज, १६ जेठ । 
बाराबाट अपहरणमा परेका उद्योगी सुरेश केडिया तीन दिनपछि अपहरणमुक्त भएका छन् । 
बिहिबार साँझ अपहरणमा परेका केडियालाई भारतको मोतिहारीको कोटवाबाट भारतीय प्रहरीले आइतबार अपहरण मुक्त गरेको हो ।
भारतीय समाचार एजेन्सी एएनआईले केडियाको तस्विर ट्वीट गर्दै उनी अपहरण मुक्त भएको जनाएको छ ।
केडियालाई खोज्न मोतिहारीका एसपी जितेन्द्र राणा र बेतियाका एसपी विनय कुमारको नेतृत्वमा विशेष अप्रेसन चलाइएको थियो ।
केडियाको अपहरण मामिलामा मुख्य आरोपी समेत कयौंलाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएको छ । अपहरणकर्ताहरुबाट एक स्कार्पियो गाडी पनि बरामद गरिएको छ ।
शनिबार मात्र अपहरणकारीले केडियालाई मुक्त गर्न १ अर्ब फिरौती मागेको समाचार भारतीय मिडियाले सार्वजनिक गरेको थियो । 
यसअघि खाद्य उद्योगका सञ्चालक तथा केडिया अर्गनाइजेशनका सदस्य सुरेश व्यापारिक कामले बाराको वरियारपुर गएका थिए । साँझ फर्किने क्रममा पसाहा पुल नजिकबाट बिहीबार साँझ अपहरणमा परेका थिए ।
अपहरणकारीहरुले उनी सवार बा १० च ७२४० नम्बरको गाडी रोकेर चालक श्याम उनेश कानुमाथि गोली प्रहार गरेका थिए । अपहरण लगत्तै उनलाई भारत पु¥याइएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट