News Category 2073/02/18

जगतपुर र कविलासावासी पुर्ण सरसफाईमा जुटे

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ जेठ । 
सप्तरीको कन्चनरुप नगरपालिका ४ स्थित जगतपुर र कविलासामा पुर्ण सरसफाइ कार्यक्रममा स्थानीयबासीहरु जुटेका छन ।
सन २०१६ भित्रमा सप्तरी जिल्लालाई खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य अनुरुप जिल्लाको प्रत्येक गाविस तथा नगरपालिकाहरुमा धमाधम सरसफाई अभियान संचालनमा आएको हो । जसअन्तर्गत कंचनरुप नगरपालिकामा वडास्तरीय पुर्ण सरसफाई तथा खुल्ला दिसा मुक्त अभियान अन्तर्गत त्यहाँका महिलाहरुकै नेतृत्वमा वडामा सरसफाई तथा खुल्ला दिसा मुक्त अभियान संचालनमा ल्याएका हुन ।
वडास्तरीय सरसफाई स्वच्छता समन्वय समिति कंचनरुप नगरपालिकाको अगुवाईमा त्यहाँका स्थानीयबासीहरु घर घररबाट आएर सो अभियानमा लागिपरेका हुन ।
स्मरण रहोस सप्तरीको ९१ गाविसमध्ये २३ वटा गाविसहरु खुल्ला दिसा मुक्त गाविस तथा ५ वटा नगरपालिका मध्ये ४ वटा वडा समेत खुल्ला दिसा मुक्त घोषणा भईसकेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट