News Category 2073/02/22

प्रेस मञ्च सप्तरी गठन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ जेठ । 
सद्भावना पार्टीले आन्दोलनमा शुभेच्छुक पत्रकारको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रेस मञ्च सप्तरी शाखा शुक्रबार राजविराजमा गठन गरेको छ । 
पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा शुभचन्द्र झाको अध्यक्षतामा ९ सदस्यीय प्रेस मञ्च सप्तरी शाखा गठन गरिएको हो । 
गठित मञ्चको उपाध्यक्षमा रामअधिन साह, सचिवमा चन्दन यादव, सहसचिवमा ध्रुव मण्डल र कोषाध्यक्षमा भुपेन्द्र मण्डल रहेका छन् । 
यस्तै सदस्यहरुमा रश्मी झा, जीवछ दास, अरबिन्द यादव र अशोक मण्डललाई चयन गरिएको छ । त्यस्तै सल्लाहकारद्वयमा हरेकृष्ण प्रसाद सिंह र अमरनाथ मण्डललाई चयन गरिएको छ । 
सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा आयोजित घोषणा सभामा महासचिव मनिष कुमार सुमन, केन्द्रिय सदस्य सत्यनारायण यादव, हरेकृष्ण प्रसाद सिंह, अमरनाथ मंडल, दिनेश यादव, शशी यादव, विद्यार्थी मञ्चका अध्यक्ष किशोर कुमार यादव, शम्भु यादव लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट