News Category 2070/05/26

ठूलो परिमाणमा कोरेक्स सहित एक पक्राउ

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २५ भदौ । 
सप्तरी प्रहरीले ठूलो परिमाणमा नेपालमा प्रतिबन्धित औषधी कोरेक्स सहित एक जनालाई मंगलबार बिहान पक्राउ गरेको छ । 
विशेष सूचनाको आधारमा सप्तरी प्रहरीले जिल्लाको मौवहा गाविस ८ स्थित दुधेलाबाट १ सय ८० थान कोरेक्स सहित सिरहा जिल्ला सखुवाननकारकट्टी गाविस ९ निवासी ३२ वर्षिय अजय कुमार यादवलाई पक्राउ गरेको छ भने अन्य दुईजना भाग्न सफल भएको जानकारी दिएको छ । 
भारतको लौकहाबाट बलान खोला हुँदै नेपाल सिमा भित्र ल्याउँदै गरेको अवस्थामा गस्ति प्रहरी टोली उक्त मात्रामा कोरेक्ससहित यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । 
प्रहरी उपरिक्षक अमात्यले पक्राउ परेका यादवलाई लागु औषध ऐन २०३३ बमोजिम २ देखी १० वर्षसम्म कैद र १ देखी २० लाखसम्म जरिवान गर्न सकिने प्रावधान रहेको जानकारी दिनुभयो । 
यता प्रहरीले फरार हुन सफल सोही स्थान निवासी बिन्दी मण्डल र नाम खुल्न नसकेका अर्का एक व्यक्तिलाई खोजतलास गरिरहेको जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट