News Category 2073/02/24

अग्निपीडित परिवारलाई जस्ता पाता उपलब्ध गराउने निर्णय

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २३ जेठ । 
जिल्ला दैवी प्रकोप उद्दार समितिको आइतबार सम्पन्न बैठकले विभिन्न गाविसका अग्निपीडित परिवारलाई जस्ता पाता उपलब्ध गराउनेसहित विभिन्न निर्णयहरु गरेको छ । 
सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लाको हरिपुर गाविस वडा नं. ३ का ८, देउरी भरुवा गाविस वडा नं. ६ का ६ परिवारलाई एक एक बण्डल जस्ता पाता उपलब्ध गराउने निर्णय गरिएको छ । 
त्यस्तै बैठकमा बाँकी रहेको १ सय ३२ परिवार मध्ये एक सय परिवारलाई प्रति परिवार दुई बण्डलका दरले पहिलो आउनेलाई पहिलो सेवा सिद्धान्त अनुसार उपलब्ध गराउने निर्णय भएको छ भने ३२ परिवारलाई गृह मन्त्रालयबाट निकासा माग गरि निकास भएपछि प्रति परिवारलाई दुई बण्डलका दरले उपलब्ध गराउने जनाइएको छ । 
त्यस्तै बैठकले वर्षातको समयमा बाढीबाट क्षति हुने सम्भावनालाई मध्य नजर गरि सम्भावित स्थानहरुको जोखिम पहिचान गर्दै सबै क्लस्टर प्रमुखहरुले आफ्नो जिम्मेवारीमा रहेर कार्यको तयारी बारे बैठक बसी पुर्नमुल्याङ्कन गर्ने र राहत तथा उद्दारका सामाग्रिहरुलाई समेत दुरुस्त राख्ने लगायतका निर्णय गरिएको छ । 
सो बैठकमा सुरक्षा निकायका सम्पूर्ण अधिकृत तथा पदाधिकारीहरु तथा विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट