News Category 2073/02/25

बिहारका पूर्व मुख्यमन्त्रि माझि राजविराज आउँदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ जेठ । 
छिमेकी राष्ट्र भारत बिहार राज्यका पुर्व मुख्यमन्त्री जितन राम माझी अगामी जेठ २६ गते सप्तरी आउँदै हुनुहुन्छ ।
आम मुलनिवासी मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष मो.इस्लाम तथा सचिव राज कुमार मण्डलद्वारा सोमबार जारी विज्ञप्तीमा पूर्व मुख्यमन्त्री माझी जेठ २५ गते बिहारको भिठमोड सिमानाबाट स्थलमार्ग हुँदै जनकपुरमा हुने नेपाल राष्ट्रिय मुसहर उत्थान समाजको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न आउँने कार्यक्रम रहेको जनाइएको छ । 
विज्ञप्तिमा जेठ २६ गते आम मुलनिवासी मुक्ति मोर्चाको अगुवाईमा सप्तरीको कल्याणपुर विसनपुरहुँदै नेगडा गाविस २ स्थित जोगियामा रहेको दिनाभद्री जन्म स्थलको निरीक्षण र पुजाआर्चना गर्दै मावि नेगडाको प्राङ्गणमा मोर्चाको अधिकार सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ । 
त्यस्तै कटैया गाविसस्थित दिनाभद्री थानको स्थलगत निरीक्षण र पुजाआर्चना गरी राजविराजहुँदै छिमेकी भारतको सुपौलको कुनौली बोर्डर सिमानाबाट प्रस्थान गर्ने कार्यक्रम रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट