News Category 2073/02/27

हतियारसहित पक्राउ परेका कहाँका हुन् ?

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ जेठ ।
सप्तरीको झुटकी गाविसबाट हतियारसहित पक्राउ परेका व्यक्ति कहाँका हुन भन्ने बारेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबै अन्यौलमा परेका छन् ।  
सशस्त्र प्रहरीले सो व्यक्ति भारतीय रहेको भन्दै संचारकर्मीलाई जानकारी दिएको छ भने नेपाल प्रहरीले सप्तरीको रायपुर गविस वडा नं. १ बस्ने रमेश भन्ने कामेश्वर यादव रहेको बताएको छ ।
यसअघि सशस्त्र प्रहरीले झुट्की गाविस ९ स्थित पाचि खोलाको किनारामा बिशेष सुराकीको आधारमा सशस्त्र प्रहरीले भारतको मधुवनी महादेवा जिल्ला बस्ने ३५ बर्षीय रमेश यादवलाई हतियारसहित पक्राउ गरेको जनाएको छ । 
पक्राउ परेका यादवको साथबाट मेड इन युएसए लेखिएको सिक्सर पेस्तोल एक थान, सोमा प्रयोग हुने तीन थान गोली, मोबाइलसहित एनसेल र भारतीय सीमकार्ड समेत बरामद गरिएको जनाएको छ ।
सशस्त्र प्रहरी बल विओपी बनैनियाँ दन्तकाली गणबाट खटेको संयुक्त टोलिले चेक प्वाईन्ट थापि चेक जाँच गर्ने क्रममा यादवलाई हतियारसहित पक्राउ गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजले जानकारी दिएको छ । 
यस्तै नेपाल प्रहरीले भने सोही स्थानबाट पक्राउ परेका सप्तरीको रायपुर गविस वडा नं. १ बस्ने रमेश भन्ने कामेश्वर यादव भएको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट