News Category 2070/05/26

आठ सय कर्मचारीले निर्वाचन सम्बन्धी तालिम लिदै

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २५ भदौ । 
आसन्न संविधनसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय सप्तरीले आगमी निर्वाचनमा खटिने कर्मचारी तथा गाविस सचिवहरुलाई तालिम दिन शुरु गरेको छ ।
गाउँ गाउँमा खटिने कर्मचारी तथा गाविस सचिवहरु गरी ८ सय जनालाई मतदाता शिक्षा सम्बन्धि तालिम दिन शुरु गरेको जनाएको छ । 
ती कर्मचारीहरु मध्ये ५ सय ६० जनालाई मतदाता परिचयपत्र बितरण र मतदाता शिक्षा सम्बन्धित घरदैलोमा प्रचार प्रसारमा खटाईने जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभयो । 
त्यसैगरि गाविस सचिवहरुलाई निर्वाचन प्रभावकारी ढंगले सम्पन्न गराउन वातावरण बनाउनका लागि तालिम दिइएको उहाँले बताउनुभयो । 
मंसीर ४ गतेको निर्वाचन प्रयोजनका लागि अगामी असोज १ गतेदेखि जिल्लाको ६ वटा क्षेत्रीय निर्वाचन कार्यालय स्थापना गर्न लागेको जानकारी दिदै प्रमुख साहले निर्वाचन अधिकृतका लागि जिल्ला अदालतका ६ जना न्यायाधिशहरुलाई तालिममा सहभागि हुन बिराटनगर पठाइएको बताउनुभयो । 
जिल्ला अदालतका मुख्य न्यायाधिश रामप्रसाद अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएकोमा उहाँले नै सप्तरी क्षेत्र नं. ३ को जिम्मेवारी समेत दिइने निर्वाचन अधिकृत साहले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट