News Category 2073/02/28

नयाँ शक्ति नेपालका जिल्ला संयोजक साहलाई रिहा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

दैनिक समाचारदाता

नयाँ शक्ति नेपालका जिल्ला संयोजक साहलाई 
रिहा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन 
दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
नयाँ शतिm नेपाल सप्तरीका संयोजक अरुण कुमार साहलाई रिहाको माग गर्दै विहिवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । 
नयाँ शतिm नेपाल सप्तरीका संयोजक एवं केन्द्रिय परिषद् सदस्य अरुण कुमार साहलाई जनयुद्धकालिन मुद्दामा पक्राउ गरी जेल चलान गरेको विरोधमा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतममार्फत प्रधानमन्त्रीलाई तीन सुत्रिय माग राख्दै सो ज्ञापन बुझाएको हो । 
नयाँ शतिm नेपाल केन्द्रिय परिषद् सदस्य छेदी रजकको नेतृत्वमा नारा, जुलुस गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी पुगी प्रमुख जिल्ला अधिकारी बलदेव गौतम मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।
जनयुद्धका बेला लगाईएका सम्पूर्ण मुद्दाहरु सत्य निरुपन तथा मेलमिलाप आयोग मार्फत हल गर्नुको साटो लगाईएको आरोप पूर्णतया झुठा रहेकाले तत्कालै यस मुद्दालाई खारेज गरी रिहा गर्न प्रधानमन्त्रीलाई ध्यानआकर्षण गराइएको छ ।
द्धन्द्वकालिन झुठा मुद्दा खारेज गर्नु पर्ने, अरुण साहलाई तत्काल रिहा गर्नु पर्ने, जनयुद्धका बेला लगाईएका सम्पूर्ण नेता तथा कार्यकर्ता माथिको मुद्दा खारेज गर्नुपर्ने मागहरु बुझाइएको ज्ञापनमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट