News Category 2073/02/31

“सुनौला हजार दिन आयोजना” तीन वर्षमा पहिलो पटक अभिमूखिकरण, पकरी र पटेर्वामा अनियमितता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजवविराज, ३० जेठ । 
विगत तीन वर्षदेखी सप्तरीमा सञ्चालित ‘सुनौला हजार दिन’ कार्यक्रमको उद्देश्य बारे आइतबार पहिलो पटक अन्तरक्रिया गरिएको छ । 
पहिलो पटक संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समन्वयमा जिविस सप्तरीले आईतवार ‘जिल्लास्तरीय अभिमूखिकरण कार्यक्रम’ आयोजना गरेको छ ।
उक्त अभिमूखिकरण कार्यक्रममा मन्त्रालयका पोषणविद्द्वय धनञ्जय पौडेल र इन्द्र भु्जेलले कार्यक्रमबारे विस्तृत जानकारी गराउनु भएको थियो । सहभागी सञ्चारकर्मी र राजनीतिकर्मीबाट आयोजनाबारे दर्जनौं गुनासा पाएका मन्त्रालयका अधिकारीहरुले आगामी दिनमा कार्यक्रमलाई प्रभावकारिताकासाथ अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
सोही कार्यक्रममा सप्तरी संयोजक रमेश यादवले चालू आर्थिक वर्षमा दुई गाविसमा कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । 
सप्तरीको पकरी र पटेर्वा गाविसमा गठन भएको समितिहरुमा आर्थिक अनियमितता भएपछि तत्कालकालागि कार्यक्रम स्थगित गरेको आयोजनाका संयोजक यादवले जानकारी दिनुभयो ।
यस्तै सप्तरीको धनगढी गाविसको केही वडा पनि आर्थिक अनियमितता भएको छ । संयोजक यादवका अनुसार तिलाठीसहितका केही गाविसहरुमा पेश्की फस्र्यौट नभएकै कारण चालू आर्थिक वर्षमा आयोजना सुरु हुन नसक्ने अवस्था छ ।
राष्ट्रिय योजना आयोगले बहुपक्षीय पोषण कार्यक्रम अन्तर्गत सुनौला हजार दिन आयोजना पनि सञ्चालनमा ल्याएको हो । यो कार्यक्रममा गर्भवती महिला र बालबालिकालाई बढी लक्षित गरिएको छ । महिला गर्भवती भएदेखी जन्मिएको बच्चाको दुई वर्ष सम्मको अवधीलाई सुनौला हजार दिन भनिन्छ । हजार दिने यो अवधीमा नवजात शिशु र गर्भवती महिलालाई कुपोषणबाट जोगाउन पोषण युक्त आहार खानु पर्ने, सरसफाईमा ध्यान दिनु पर्ने जस्ता विषयहरु बारे जानकारी गराइन्छ । 
तीन वर्षदेखी आयोजना सुरु भएपनि लक्ष्य भने अझ प्राप्त हुन नसकेको अभिमूखीकरणमा सहभागि भएका राजनीतिकर्मी तथा संचारकर्मीले गुनासो व्यक्त गरे । जिल्लाको २९ गाविसमा संचालन गर्नु पर्ने यस कार्यक्रमका लागि करिब १२ करोड रकम छुट्टयाइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट