News Category 2073/03/01

शक्तिशाली कुकर बम बिस्फोट

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३२ जेठ । 
सप्तरी सदरमुकाम राजविराज वडा नं. ६ स्थित खैरसाल टोलमा मंगलबार दिउँसो एउटा शक्तिशाली कुकर बम विस्फोट भएको छ । बिस्फोटका कारण कुनै मानविय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ । 
राजविराज ६ निवासी लक्ष्मी देवी श्रेष्ठको घरको पर्खाल छेउमा सो कुकर बम विस्फोट भएको स्थानियहरुले बताएका छन् । स्थानियका अनुसार बम विस्फोट भएपछि भुकम्प आए झैं घरहरु थर्किएको र विस्फोट भएको स्थानबाट धुँवाको मुस्लो समेत निस्केको थियो । 
बम विस्फोटका कारण छेउछाउका केही घरहरुको झ्यालका सिसा चर्किएको स्थानियहरुले बताएका छन् । विस्फोट भएको स्थानबाट प्रेसर कुकरका टुक्रा, त्यसमा प्रयोग गरिएको तार र चप्पल समेत फेला परेको सप्तरीका प्रहरी प्रमुख भिम ढकालले जानकारी दिनुभयो । 
विस्फोट लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको एक टोली त्यहा पुगेर अनुसन्धान थालेको छ । विस्फोट भएपछि त्यहाका स्थानियहरुमा डर र त्रास फैलिएको छ । 
यसैबीच जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका अध्यक्ष जयकृष्ण गोइतले सो बम विस्फोट गराएको एक विज्ञप्ति प्रकाशित गरि जिम्मा लिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट