News Category 2070/05/27

निर्वाचनको मिति परिवर्तन हुन सक्ने ः आयुक्त यादव

दैनिक समाचारदाता


दैनिक संवाददाता
विराटनगर, २६ भदौ । 
निर्वाचन आयोगका आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको मिति परिवर्तन गर्ने अधिकार सरकारको मात्र भएको प्रष्ट पार्नुभयो ।
बुधबार बिराटनगरमा आयोजित पत्रकारसम्मेलनमा उहाँले मंसिर ४ गते निर्वाचन हुनुबाहेक अन्य विकल्प नभएको बताउँदै घोषित मितिभन्दा १०÷१५ दिन  तल माथि गर्दा पनि हिमाल तथा पहाडी क्षेत्रका जनता  मतदानबाट बन्चित हुने बताउनुभयो ।
उहाँले मङ्सिर ४ पछि हिमाली तथा पहाडी क्षेत्रमा हिमपात र वर्षा हुने हुनाले त्यस क्षेत्रका जनता निर्वाचनमा सहभागी हुन नसक्ने प्रष्ट पार्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट