News Category 2073/03/04

ट्रेड यूनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ असार । 
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रमबीच शुक्रबार सपथ ग्रहण गराइएको छ । 
जिल्ला प्रशासन कार्यालय सप्तरीमा आयोजित एक कार्यक्रमबीच निर्वाचन अधिकृत हरि कुमार पोखरेलले निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभयो । 
जेठ १९ गते सम्पन्न निर्वाचनबाट सप्तरीमा नेपाल मधेशी निजामती कर्मचारी मञ्चले १ सय ९१ मत प्राप्त गरी पहिलो स्थान प्राप्त गरेको थियो । 
सोही अनुसार कर्मचारी मञ्चका जिल्ला अध्यक्षमा अजय कुमार झालाई चयन गरिएको छ भने सचिवमा छोटेलाल यादव, सहसचिवमा महेश कुमार यादव, कोषाध्यक्षमा मनोज कुमार यादव तथा सदस्यहरुमा राजकुमार झा, बेचन सढोक यादव, अनिल रेग्मी, पंचम सिंह, शंकर कुमार मगर र दीपराज अधिकारी चयन हुनु भएको हो । 
सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको उपस्थितिमा आयोजित कार्यक्रममा उहाँले कर्मचारीहरुले सहज र सुलभ तरिकाबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । 
पेशागत हकहित भन्दा माथी उठेर सेवाग्राहीलाई सेवा प्रदान गर्नु नै कर्मचारीहरुको पहिलो धर्म भएको उहाँले उल्लेख गर्नुभयो । 
सो कार्यक्रममा सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, संचारकर्मी तथा ट्रेड युनियनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 
यसअघि सम्पन्न निर्वाचनमा सप्तरीमा निजामती कर्मचारी संगठन निजामतीले १ सय ४६ मत, राष्ट्रिय कर्मचारी मिलन केन्द्रले ९४ मत, नेपाल निजामती कर्मचारी युनियन ७५ मत र राष्ट्रिय कर्मचारी संगठनले ३ मत प्राप्त गरेका थिए ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही र नवलपरासीमा मधेशी निजामती कर्मचारी मञ्चले विजयी हासिल गरेको छ । 
यसैगरि देशभरमै निजामती कर्मचारीको सम्पन्न आधिकारिक टे«ड युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठन पहिलो भएको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट