News Category 2073/03/05

मानव वेचविखनको मुद्दामा गजेन्द्र बाबुका भतिजा यसवन्त पक्राउ

दैनिक समाचारदाता

राजविराज÷मानव बेचबिखन तथा ओसारपसार गरेको मुद्दामा सप्तरी प्रहरीले स्व. गजेन्द्र नारायण सिंहका भतिजा यसवन्त सिंहलाई शनिबार पक्राउ गरेको छ । 
सप्तरीको बथनाहा गाविस वडा नं. ३ बस्ने वर्ष ३१ कि ममता कुमारी यादवलाई राजविराज नगरपालिका वडा नं. ४ बस्ने ४७ यसवन्त सिंहले भारतको दरभंगामा लगि बेचविखन गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
२०७१ साल फागुन २५ गतेको जाहेरी दरखास्त पुनरावेदन अदालतले दर्ता गरी प्रक्रिया अगाडि बढाउने आदेश भए बमोजिम मानव बेचविखन तथा ओसारपसार मुद्दा दर्ता भएपश्चात् एसवन्त सिंहलाई शनिबार पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट