News Category 2073/03/06

जग्गा सम्बन्धि विवादमा कुटपिटहुँदा एक बृद्धाको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ असार । 
सप्तरीको लालपट्टिमा जग्गा सम्बन्धि विवाद पश्चात् भएको झगडामा कुटपिटमा परी एक जना बृद्धाको मृत्यु भएको छ । लालापट्टी ७ बस्ने ७० वर्षिया साबित्री देबि खंगको मृत्यु भएको हो । 
साबित्री देवी खंगसहित निजको बुहारी सन्जु खंग र सोही स्थान निवासी धनिक लाल खंग, निजको श्रीमती कमली देबि खङ र निजकै छोरा पञ्चदेब खंगबीच विवाद भएपछि झगडामा कुटपिट हुदा साबित्री देबि खंग र निजको बुहारी सन्जु खंग गम्भिर घाइते भएकी थिइन् । 
उनीहरु दुबैलाई उपचारका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल ल्याउदा ल्यादै साबित्री देबि खंगको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
यता मृतकको लाश अस्पतालको शव गृहमा रहेको तथा सन्जुको उपचार भईरहेको जनाउँदै फरार व्यक्तिहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट