News Category 2073/03/07

बाबुको कुटाइबाट छोराको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
सिरहा, ६ असार । 
बाबुको कुटाइबाट छोराको मृत्यु भएको छ । लहान नगरपालिका २० निवासी बाबु वेचन रामको कुटाइबाट गम्भीर घाइते भएका २२ वर्षीय सञ्जित रामको मृत्यु भएको हो । 
बाबु बेचनको कुटाइबाट गम्भिर घाइते भएका सञ्जितको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 
गत जेठ २३ गते मदिरा सेवन गरेका बुबा वेचनले सञ्जीतसँगै उनका दाजु रञ्जीतलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते सञ्जीतको मृत्यु भएको छ भन्ने उनका दाजुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
कुटपिटमा संलग्न बाबुलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही अघि बढाएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट