News Category 2073/03/09

७५ केजी गाजा वेवारिसे अवस्थामा फेला

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ असार । 
सप्तरीको भारदह १ कोशी बाँधस्थित पूर्व पश्चिम सडक खण्डमा वेवारिसे अवस्थामा पाँच कार्टुन गाँजा फेला परेको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार नाम नखुलेको सवारीबाट दुई पोका सामान फालेको खबर प्राप्त हुना साथ प्रहरी सो स्थानमा पुगेपछि गाँजा फेला परेको जनाएको छ । 
वेवारिसे अवस्थामा फेला परेको पाँच वटा कार्टुनबाट अन्दाजी एक कार्टुनमा १५ केजीका दरले ७५ केजी लागुऔषध गाँजा फेला परेको सप्तरीका प्रहरी नायब उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो । फेला परेको गाँजा सम्बन्धमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट