News Category 2073/03/10

मधेशका जिल्ला मोर्चामा आवद्ध दलको विर्ता होइन ः उपप्रम थापा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, ९ असार । 
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले मधेसका जिल्ला मधेसी मोर्चामा आवद्ध दलको मात्र विर्ता नभएको बताउनु भएको छ । 
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको विहीबार काठमाडौमा सुरु भएको तेस्रो महाधिवेशन उदघाटन कार्यक्रममा उहाँले सो कुरा बताउँदै आन्दोलनको बलमा माग पूरा गरेर देखाउन मोर्चालाई चुनौती समेत दिनुभयो ।
उहाँले हठ त्यागेर वार्तामा आउन र समस्या समाधानमा सहयोगी बन्न मोर्चाका नेताहरुलाई आह्वान गर्नुभयो ।
केही दलले आन्दोलन गरेको नाममा सरकारले आन्दोलन विरोधी जनताका भावनालाई उपेक्षा नगर्ने भन्दै उहाँले मोर्चाले राखेका माग संविधानको पहिलो संशोधनबाट पूरा भइसकेको दाबी गर्नुभयो । 
संविधानको विपक्षमा मत हालेर पनि आफ्नो पार्टीले संविधानको कार्यान्वयन गर्न इमान्दारपूर्वक सहयोग गरिरहेको भन्दै प्रमुख दलहरुलाई जनमत संग्रहमा जाने हिम्मत गर्न चुनौती पनि दिनुभयो । जनमत संग्रह भएको अवस्थामा आफ्नो पार्टीले उठाउँदै आएको हिन्दु राज्यको पक्षमा ८० प्रतिशत मत आउने उहाँले दाबी गर्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट