News Category 2073/03/14

बालबालिकाको अधिकारका लागि अभियान शुभारम्भ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ असार । 
सप्तरीको मल्हनिया गाविस सोमबार एक कार्यक्रमबीच बालबालिकाहरु बाँच्न पाउने, सुरक्षित हुन पाउने तथा सिक्न पाउने अधिकार सम्बन्धि “एभरि लास्ट चाईल्ड” बिश्वव्यापी अभियानको विधिवत रुपमा शुभारम्भ गरिएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपाल राजविराजद्वारा संचालित स्पोन्सरसिप कार्यक्रम अन्तगर्त पहिलो चरणमा पूर्वाञ्चलमै सप्तरीको मल्हनिया गाविसलाई सो अभियानको विधिवत रुपमा शुभारम्भ गरिएको हो ।
सन् २०३० सम्ममा विश्वव्यापी लक्ष्यले ३ लाख बालबालिकाको मृत्यु रोक्ने र ५ करोड बालबालिकाहरुलाई शिक्षाको पहुँचसम्म पु¥याउनका लागि तथा अबको तीन वर्षसम्ममा सेभ द चिल्ड्रेनले “एभरि लास्ट चाईल्ड” अभियानले संसारका १ करोड ५० लाख छुटेका बालबालिकासम्म जीवन उपयोगी स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाको पहुँच पु¥याउनका लागि सो अभियान संचालन गरेको जनाइएको छ ।
संसारका करोडौ बालबालिका आप्mनो परिचय र बासस्थानका कारण गुणस्तरीय स्वास्थ्य सेवा र आधारभुत शिक्षाबाट बञ्चित रहेको अभियानले बताएको छ । 
यस्तै अभियानले ४० करोड बालबालिका धार्मिकता तथा जातियताका आधारमा विभेद खेप्न बाध्य रहेको तथा संसारमा बाँचिरहेका १५ करोड भन्दा बढी पुरुषको तुलनामा ७२ करोड महिलाको विवाह १८ वर्ष भन्दा पहिला हुने गरेको उल्लेख गरेको छ । 
यस्तै नेपालमा यो अभियानले १३ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरुलाई समेटेको छ भने यसको उद्देश्य १३ देखि १८ वर्षसम्मका बालिकाले गुणस्तरीय स्वास्थ्य तथा प्रजनन सेवा र घर भित्र र बाहिर दुवै ठाउँमा सुरक्षित रहन पाउने उद्देश्य राखेको छ ।
अभियानले गरीबी, भेद्भाव तथा राजनीतिक असहयोगका कारण हुने बाद्याहरु हटाउने, गरीबी र भेदभावका कारण बनेका कानुन, नीति नियम र सामाजिक व्यवहारलाई परिवर्तन गर्न लगायत अभियान संचालन गरिएको सेभ द चिल्ड्रेनले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । 
बालबालिकालाई बाँच्न पाउने, पढ्न पाउने र सुरक्षित हुन पाउने अधिकारबाट बञ्चित गराउने विभेदयुक्त सामाजिक मुल्य, मान्यता र व्यवहार विरुद्ध आवाज उठाउनको लागि समेत अभियान संचालन गरेको प्रतिवेदनमा जनाइएको छ । 
यसैबिच अभियानले जिल्लाको मल्हनिया गाविसका करिब २ सय बालबालिकाहरु अझै विद्यालयको पहुँचबाट टाढा रहेकोले तिनीहरुलाई अगामी वर्षभित्रमा विद्यालयको पहुँचसम्म पु¥याउने लक्ष्य राखेको छ ।
गाउँ बाल समितिका संयोजक जितेन्द्र यादवको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित सो समारोहमा सेभ द चिल्ड्रेनका सुदर्शन श्रेष्ठ, कार्यक्रम संयोजक अरुण कुमार महतो, डा.अजय कान्त, सबल नेपालका अध्यक्ष जुना गिरी, कार्यकारी निर्देशक दिपक झा, सेभ द सप्तरीका अध्यक्ष धु्रव प्रसाद देव, जिल्ला बाल कल्याण समितिकी पुनम चौधरी, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, भगवति ई.स्कुलका प्रअ वैजनाथ यादव सहितका बक्ताहरुले शिक्षाको विकसा नभएसम्म देशर समाजको विकास सम्भव नभएकाले सबैजना मिलेर शिक्षालाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट