News Category 2073/03/14

पाँच चोरहरु सामानसहित पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ असार । 
सप्तरी प्रहरीले राजविराज नगरपालिका क्षेत्रभित्र चोरी गरेको अभियोगमा पाँच जना चोरहरुलाई पक्राउ गरेको छ । 
यसरी पक्राउ पर्नेहरुमा जिल्लाको जमुनीमधेपुरा ३ का १८ वर्षिय कृष्ण कुमार यादव, मलेठ ७ का १९ वर्षिय घनश्याम मण्डल, सोही स्थान निवासी १८ वर्षका संजय ठाकुर, राजविराज ८ का २८ वर्षिय सुरज साफि र सोही स्थानका १८ वर्षिय गोपि कुमार राउत रहेका छन् । 
चोरहरुलाई राजविराज ६ निवासी रिता देवी शर्माको घरबाट सुन चाँदी, नगद लगायतका सरसमान चोरी गरि लगेको सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । 
चाँदीको पायल, सुनको पोते, मंगलसुत्र, मोवाइल, ल्यापटप, चाँदीको सिक्रि, नगद १७ हजारसहित भारत तर्फ सामानहरु बेच्न लैजादै गर्दा सुराकीको आधारमा उनीहरुको शरीर चेकजाच गरेपछि ती सामानहरु फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
पक्राउ परेका चोरहरुलाई चोरी मुद्दामा म्याद थप गराई अनुुुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट