News Category 2070/05/28

प्रहरीद्वारा ठुलो परिमाणमा समान बरामद

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २७ भदौं ।
भन्सार छलेर ल्याएको करिब ४ लाख मुल्य बराबरकोे समान प्रहरीको गस्ती टोलीले सप्तरीको कुशहा गाविसबाट बिहीवार बरामद गरेको छ ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले कुशहा गाविस–६ स्थित खाली घरबाट भन्सार छलेर ल्याएको करिब ३ लाख ८७ हजार १ सय ७० रुपैयाँ बराबरको समान बरामद गरेको हो । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार पत्रकार सम्मेलन गरी  बरामद भएको समानहरु सार्वजनिक गरेको छ । 
प्रहरीको गस्ती टोलीले खुल्ला सुर्ति १३ बोरा, बालमिकी जफरानी २ सय ६० डिब्बा, बिके जफरानी पति ३ सय डिब्बा, बुलेट पति १० डिब्बा, रेशमा पति १६ डिब्बा, महादेव पति ३० डिब्बा, टिवर गुलकन्द ९२ डिब्बा, मट्टीतेल २ सय लिटर, जर्दा ७ प्याकेट, प्लाष्टिक ग्लास ९५ थान लगायतका समान बरामद गरिएको सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । पक्राउ परेका समानहरु आवश्यक कार्वाहीका लागि भन्सार पठाइने बताउनुभयो ।   

प्रतिकृया दिनुहोस

ताजा अपडेट