News Category 2073/03/16

बालबालिकाको अधिकारका लागि राजविराजमा अभियानको शुभारम्भ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ असार । 
सप्तरीको राजविराजमा बुधबार एक कार्यक्रमबीच बालबालिकाहरु बाँच्न पाउने, सुरक्षित हुन पाउने तथा सिक्न पाउने अधिकार सम्बन्धि “एभरि लास्ट चाईल्ड” बिश्वव्यापी अभियानको विधिवत रुपमा शुभारम्भ गरिएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीद्वारा संचालित स्पोन्सरसिप कार्यक्रम अन्तगर्त सप्तरीको राजविराजमा सो अभियानको विधिवत रुपमा शुभारम्भ गरिएको हो ।
विगत दुई वर्षदेखि सप्तरीमा संचालित सो कार्यक्रममा जेठ २२ गतेका दिन कुनै पनि बालबालिका शिक्षा, स्वास्थ्य र संरक्षणबाट बन्चित हुन नदिनका लागि सबैको सहकार्य जुटाउन ३ वर्षे सो अभियानको शुरु गरिएको सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक अरुण कुमार महतोले जानकारी दिनुभयो ।
सन् २०३० सम्ममा विश्वव्यापी लक्ष्यले ३ लाख बालबालिकाको मृत्यु रोक्ने र ५ करोड बालबालिकाहरुलाई शिक्षाको पहुँचसम्म पु¥याउनका लागि तथा अबको तीन वर्षसम्ममा सेभ द चिल्ड्रेनले “एभरि लास्ट चाईल्ड” अभियानले संसारका १ करोड ५० लाख छुटेका बालबालिकासम्म जीवन उपयोगी स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाको पहुँच पु¥याउनका लागि सो अभियान संचालन गरेको जनाइएको छ ।
संसारका करोडौ बालबालिका आप्mनो परिचय र बासस्थानका कारण गुणस्तरीय स्वास्थ्य सेवा र आधारभुत शिक्षाबाट बञ्चित रहेको अभियानले बताएको छ । 
यस्तै नेपालमा यो अभियानले १३ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरुलाई समेटेको छ भने यसको उद्देश्य १३ देखि १८ वर्षसम्मका बालिकाले गुणस्तरीय स्वास्थ्य तथा प्रजनन सेवा र घर भित्र र बाहिर दुवै ठाउँमा सुरक्षित रहन पाउने उद्देश्य राखेको छ ।
बालबालिकालाई बाँच्न पाउने, पढ्न पाउने र सुरक्षित हुन पाउने अधिकारबाट बञ्चित गराउने विभेदयुक्त सामाजिक मुल्य, मान्यता र व्यवहार विरुद्ध आवाज उठाउनको लागि समेत अभियान संचालन गरिएको सेभ द सप्तरीका अध्यक्ष धु्रुव कुमार देवले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट