News Category 2073/03/17

डुबेर एक बालकको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ असार । 
सप्तरीको रम्पुरा मल्हनियाँ गाविस ९ मा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
स्थानीय रामसेवक यादवकी १० वर्षिया छोरी किरण कुमारी यादवको घर नजिकैको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरी चौकी रम्पुरा मल्हनियाका असई भरत यादवले जानकारी दिनुभयो ।
मृतक बालिका खेल्दै गरेको अवस्थामा अचानक डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबिच मृतक बालिकाको शव हाल पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट