News Category 2073/03/18

नेसपा गजेन्द्रवादीको महाधिवेशन शुरु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ असार । 
नेपाल सद्भावना पार्टी गजेन्द्रवादीको प्रथम महाधिवेशन सप्तरीको भारदहमा शुक्रबारदेखि सुरु भएको छ ।
सो कार्यक्रममा बोल्दै वक्ताहरुले मधेशप्रति राज्यपक्षको अनुदार ब्यवहारका कारण मधेश र मधेशीले अधिकार पाउन नसकेको आरोप लगाएका छन ।
सिंहदरबारको भेदभावपूर्ण नीतिका कारण मधेशले बारम्बार आन्दोलन गरिरहनु परेको बताउँदै उनीहरुले मधेशलाई अधिकार नदिएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
नेसपा गजेन्द्रवादीको प्रथम महाधिवेशनमा अधिवक्ता दिपेन्द्र झा, तुलानारायण साह, जयसुन्दर महात्मान, बलराम यादव, कुन्दन कुमार मण्डल, दानी मण्डलसहितकाहरुले मधेश र मधेशी जनताको अधिकार सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो ।
नेसपा गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीको अध्यक्षतामा आयोजित सो महाधिवेशन १९ गतेसम्म चल्ने पार्टीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट