News Category 2073/03/19

राष्ट्रिय सहकारी दिवसमा ¥याली तथा हातेमालो

दैनिक समाचारदाता

राजविराज÷९४ औं अन्र्तराष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार राजविराजमा ¥याली निकालि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
“सहकारी दिगो विकासको कार्यशक्ति” भन्ने मुल नाराका साथ राष्ट्रिय सहकारी बैंक राजविराजले  ९४ औं अन्र्तराष्ट्रिय सहकारी दिवसको अवसरमा बृहत ¥याली तथा हाथेमालो कार्यक्रमको आयोजना गरी मनाएको हो । 
जनआन्दोलन चौकदेखि गजेन्द्र चौकसम्म हाथेमालो कार्यक्रम कार्यक्रमका साथै विभिन्न कार्यक्रमको आयोजना गरी सहकारी दिवस मनाईएको छ ।
जनज्योति कृषि सहकारी संस्था मलेठका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक शाखा सप्तरीका संयोजक विश्वनाथ मण्डलको अध्यक्षतामा सम्पन्न सो ¥यालीको ग्लोबल बहुमुखी सहकारी संस्था, आईडियल सहकारी संस्था लि., जनज्योति कृषि सहकारी संस्था लि.मलेठ, ओम मिथिला बचत तथा श्रृण सहकारी संस्था लि.नर्घो २, नेपाल सहकारी संस्था लि., अल्तकवा सहकारी संस्था लि., बाबा गणिनाथ बहुउद्देश्य सहकारी संस्था, जनमुखी सहकारी संस्था लि. सहितका सहकारी संस्थाहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट