News Category 2073/03/20

पूर्वमेयर सिंहको निधन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ असार । 
राजविराज नगरपालिकाका पूर्वमेयर राजविराज ९ निवासी श्याम किशोर सिंहको शनिबार राति असामयिक निधन भएको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टीका नगर अध्यक्ष समेत रहनु भएका सिंह विगत केही समय ह्दयघातबाट पीडित रहनुभएको थियो । उहाँको शनिबार राति ६५ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो । 
यसैबिच सिंहको पार्थिक शरीरमा तमलोपाका क्षेत्रिय अध्यक्ष महेन्द्र खंग खत्वे, रंजित झा, वैजनाथ दास, सफिद मन्सुरी, मालती सदा, रामानन्द ठाकुर र सुकदेव चौधरी सहितकाहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
सिंहको आईतबार अन्त्येष्टि गरिएको परिवारजनले जानकारी दिएका छन् । स्व. सिंहको दुई छोरा, एक छोरी र श्रीमती रहेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट