News Category 2073/03/22

नेताहरुद्वारा रिले अनसनलाई निरन्तरता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ असार । 
रिले अनसनको चौथो दिन पनि संघिय गठबन्धनको आह्वानमा मधेशी मोर्चा सप्तरीले राजविराजस्थित सहीद दशन चौकमा मंगलबार निरन्तरता दिएको छ । 
चोथौ दिनको रिले अनसनमा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष वैजु प्रसाद दास, संघिय समाजवादी फोरम नेपालका दुर्गा प्रसाद साह, तमलोपाका जिल्ला सदस्य राज कुमार यादव, नेपाल सदभावना पार्टीका कैलु राम, सदभावना पार्टीका दिनेश साह, मधेशी जनअधिकार फोरम गाणतान्त्रिकका बिनोद मल्लाकार र तराई मधेश सदभावना पार्टीका युवा नेता सहदेव सदाई सहितकाहरुको सहभागिता रहेको मधेशी मोर्चा सप्तरीले जनाएको छ ।
मधेशलगायत आदिवासी, जनजाती एवम् शोषित उत्पीडित जनताको व्यापक सहभागितामा जारी राजधानी केन्द्रित शान्तिपूर्ण आन्दोलनलाई राज्यपक्षले बेवास्ता गरेपछि जिल्लाहरु समेत आन्दोलित भएको हो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट