News Category 2073/03/22

विद्युत नपुगेपछि सोलारकै भरमा रात बिताउँदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ असार । 
सप्तरीको कविलासा गाविस वडा न. ८ र ९ मधुबनी टोलका स्थानीय बासिन्दाहरुले अझै विद्युतको मुख हेर्न पाएका छैनन् ।
नेपाल सरकारले प्रत्येक घरमा खानेपानी, विद्युत, सिंचाई पु¥याउने लक्ष्य लिएपनि सप्तरीको कविलासा गाविस वडा न. ८ र ९ मधुवनी टोलका स्थानीयबासीहरुलाई अझै विद्युतको मुख हेर्ने अवसर पाएका छैनन् । 
कविलासा गाविस वडा न. ८ र ९  मधुवनी टोलका करिब दुई सय घरपविार विद्युत नहुँदा सोलारकै भरमा जिवन बिताउँदै आएका छन । 
सो गाविसको वडा न. १, २, ३, ४, ५, ६ र ७ मा विद्युत पुगेपनि वडा न. ८ र ९ मधुवनी बासीहरुको घरमा अझै विद्युत पुग्न नसकेको स्थानीयबासीहरु बताउँछन । स्थानीयहरुका अनुसार मधुवनी टोलमा विद्युतको पोल र तार जडान भएको करिब ५ वर्ष बितेपनि आफुहरुले विद्युतको मुख हेर्न नपाएको स्थानीय सागर चौधरीले बताउनुभयो । 
उहाँका अनुसार आफुहरुले अझै विद्युतको मुख हेर्न नपाएकोमा चिन्ता ब्यक्त गर्दै विद्युतको आशमा आफुहरुको सपना सपना नै हुने भएको बताउनुहुन्छ । मधुवनीबासीहरुले विद्युतको मुख हेर्न नपाएकोमा त्यसको विकल्पमा स्थानीयवासीहरुले सोलारकै भरमा राति बिताउादै आएका छन ।
स्थानीयबासीहरुले छिमेकी भारतको लोकहीबाट ५ देखि ५० हजार सम्ममा सोलार ल्याएर सोलारकै भरमा जिवनयापन गर्दै आएका छन् । सोलारबाटै स्थानीयबासीहरुले विद्युत बति बाल्ने देखि पंखा, टिभी, रेडियो र मोवाईल चार्ज गर्ने गरेको स्थानीय दिलिप चौधरीको कथन छ । उहाँका अनुसार आफुहरु बर्षौको प्रतिक्षापछि पनि विद्युतको मुख हेर्न नपाएपछि बाध्य भएर छिमेकी भारतबाट सोलार ल्याएर राति बिताउँदै आएको बताउनुहुन्छ ।
यता सोलारकै भरमा आफुहरुको जिन्दगी निर्वाह गर्ने बानी बसेपनि आप्mनो गाउँमा विद्युत कहिले आउने भन्ने विषयमा अहिले सम्म न त नेपाल विद्युत प्राधिकरणकै ध्यान जान सकेको छ न त नेपाल सरकार तथा सम्बन्धित निकायकै ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट