News Category 2073/03/22

श्रीमतीलाई तेजाब हान्ने पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ असार । 
आफ्नै श्रीमतीमाथि सोमबार तेजाबले हानेर गम्भीर घाइते बनाएर फरार रहेका सप्तरीको बेल्ही चपेना गाविस ७ का अमल राम पक्राउ परेका छन् । 
तेजाब प्रहार गर्ने अमललाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।
४० वर्षीय रामले आफ्नै श्रीमती वेतनीदेवी रामको अनुहारमा तेजाब छर्केर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । 
तेजाब प्रहारबाट गम्भीर घाइते वेतनीको उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कुन कारणले तेजाब हानेको भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट