News Category 2073/03/24

सेनाका हवल्दारकी श्रीमतीद्वारा आत्महत्या

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २३ असार । 
सुनसरीको खनार ४ घर भई हाल सप्तरीको राजबिराज नगरपालिका ९ मा डेरा लिई बस्दै आएकी नेपाली सेनाका हवल्दारकी श्रीमतिले झुण्डिएर आत्महत्या गरेकी छिन । 
श्री कृष्ण दल गण भलुवाही ब्यारेकमा कार्यरत नेपाली सेनाका हबल्दार दयाराम धामीको श्रीमती २६ बर्षीया मन्जु धामीले आफ्नै कोठामा झुण्डी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबिच प्रहरीको टोली घटनास्थलमा खटि शवको जाँच तथा प्रारम्भिक अनुसन्धान गरी शवलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा पोष्टमार्टम पश्चात निजका परिवारजनको जिम्मा लगाएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट