News Category 2073/03/24

कोशी नहरमा डुबेर एक नाबालक बेपत्ता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २३ असार । 
सप्तरीको हनुमाननगर योगिनियामाई नगरपालिकामा कोशी नहरबाट आएको बाढीमा डुबेर एक जना नाबालक बेपत्ता भएको छ ।
हनुमाननगर योगिनियामाई नगरपालिका वडा नं १ बस्ने राज कुमार मण्डलको ४ वर्षिय छोरा ऋषि कुमार मण्डल घरमा कोही नभएको बेला कोशीबाट आएको नहरमा डुबी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यसैबिच घटना स्थलमा ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट प्रहरी टोली खटिई गई स्थानियहरुको सहयोगमा खोजी कार्य जारी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट