News Category 2073/03/25

नयाँ पत्रकार आचारसंहिता जारी हुँदै बालबालिकाको फोटो छाप्दा अभिभावकको अनुमति अनिवार्य

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, २४ असार । 
प्रेस काउन्सिल नेपालले नयाँ पत्रकार आचारसंहिता जारी गर्ने भएको छ । प्रेस काउन्सिलले पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र समाचार एजेन्सीलाई समेटेर नयाँ पत्रकार आचारसंहिता जारी गर्न लागेको हो ।
नेपाल पत्रकार महासंघसँग मिलेर ४८ बुँदे प्रस्तावित आचारसंहिताको मस्यौदा तयार पारिएको छ । प्रस्तावित आचारसंहितामा सार्वभौमसत्ता, राष्ट्रिय एकता, जातजाति, भाषा, धर्म र संस्कृतिमा खलल पु¥याउने, जातीय र लैंगिक भेदभावलाई बढावा दिने, सार्वजनिक शिष्टाचार प्रतिकुल हुने सामाग्री प्रकाशनरप्रसारण गर्न नपाइने र स्रोत खुलाउनुपर्ने उल्लेख छ ।
सार्वजनिक हितका लागि स्पष्टरुपमा आवश्यक पर्ने अवस्थामा बाहेक समाचार संकलनका लागि कुनै पनि प्रविधिको अदृष्यरुपमा प्रयोग गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।
व्यवसायीक मर्यादा विपरित सरकारी, गैरसरकारी र व्यापारिक निकायबाट पुरस्कार र सम्मान लिन नहुने, १६ वर्ष उमेर नपुगेका बालकालिकाको अन्तर्वार्ता र तस्वीर प्रकाशनरप्रसारण गर्दा अभिभावकको अनुमति लिनुपर्ने पनि मस्यौदामा उल्लेख छ ।
पाँच परिच्छेदको मस्यौदामाथि प्रेस काउन्सिलले शुक्रबार एक कार्यक्रम गरी पत्रकार र अन्य सरोकारवालासँग सुझाव लिएको छ । कार्यक्रममा सहभागीहरुले मस्यौदा अस्पष्ट र अपूरो भएको बताए । उनीहरुले मस्यौदामा समावेश धेरै बुँदा दोहोरो अर्थ लाग्ने खालका र स्पष्ट नबुझिने खालका भएकाले सुधार आवश्यक रहेको बताएका थिए । अनलाइनखबर डटकमबाट

प्रतिकृया दिनुहोस

ताजा अपडेट