News Category 2073/03/25

साउन र भदौंमा प्रचारात्मक आन्दोलन गर्ने गठबन्धनको तयारी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, २४ असार । 
संघीय गठवन्धनले साउन र भदौमा प्रचारात्मक आन्दोलन गर्ने तयारी गरेको छ ।
मधेसी मोर्चा र जनजाति सम्वद्ध दलहरु मिलेर बनेको गठवन्धनले अहिले खुलामञ्चमा १२ घन्टे रिले अनशन गरिरहेको छ ।
संघीय गठवन्धनको शुक्रबार बसेको सचिवालय बैठकमा भावी कार्यक्रमको खाकाबारे छलफल गरेको छ । 
पूर्वनिर्धारित तालिकाअनुसार खुलामञ्चमा भइरहेको अनसन भने असार महिनाको अन्त्यसँगै सकिने छ । ३० र ३१ गते अनसनमा व्यापक जनप्रदर्शन गर्ने सचिवालयको निर्णय छ ।
गठबन्धनका एक नेताका अनुसार साउन १५ सम्म खुलामञ्चमा जारी रिले अनसन लम्ब्याउने प्रस्ताव आएको छ । विकल्पका रुपमा जिल्ला सदरमुकामहरुमा रिले अनसन बस्ने प्रस्ताव पनि आएको छ ।
सचिवालयले तयार पारेको दुबै प्रस्तावबारे मधेसी मोर्चाको २७ गते बस्ने बैठकमा छलफल हुनेछ । गठवन्धनले दुई महिना प्रचारात्मक आन्दोलन गर्ने र असोजबाट निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट