News Category 2073/03/26

बाल अनसनकारीसहित महिला नेतृहरु अनशनमा

दैनिक समाचारदाता

राजविराज÷मधेशमा जारीे आन्दोलनरत पक्षको जायजँ मागलाई राज्यले बेवास्ता गरेका कारण सप्तरी जिल्लामा जारी अनिश्चितकालिन रिले अनसन शनिबार आठौैं दिन बाल अनसनकारी सहित महिला नेतृहरु अनशनमा बसेकी छिन् ।
रिले अनसनमा सदभावना पार्टीकी केन्द्रिय सदस्य पुनम यादव, सदभावना पार्टीका जिल्ला सदस्य अनार देवी राम, संघिय समाजवादी महिला फोरम नेपालकी जिल्ला अध्यक्ष गिता यादव, जिल्ला सचिव सुचिता यादव, जिल्ला सदस्य सुनिता कुमारी साह, तराई मधेश सदभावना पार्टीकी महिला नेतृ निर्मला देवी सदा, राष्ट्रिय मधेश समाजवादी पार्टीकी जिल्ला सदस्य मिना देवी सदा, तमलोपाका जिल्ला सदस्य गिता देवी मण्डल र बाल अनसनकारी कृषव प्रताप रहेका छन ।
संघीय गठबन्धनको आह्वानमा जिल्लास्थित विभिन्न दलहरु सम्मिलित मधेशी मोर्चा सप्तरीले राजविराज स्थित सहीद दशन चौकमा आठौ दिनको रिले अनसनलाई निरन्तरता दिएका हुन् । 
यसअघि विगत एक सात्तादेखि विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले रिले अनसनलाई निरन्तरता दिदै आएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट