News Category 2073/03/27

स्ववियु निर्वाचन फागुन १४ गते

दैनिक समाचारदाता



दैनिक समाचारदाता
राजविराज, २६ असार ।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको मिति आगामी फागुन १४ गतेका लागि तोकेको छ ।
आइतबार बसेको त्रिवि सभाको बैठकले आगामी फागुन १४ गते स्ववियु चुनाव गराउने निर्णय गरेको हो । स्ववियु चुनाव २०६५ साल यता भएको छैन ।
क्याम्पसहरु विगत आठ वर्षदेखि स्ववियुविहीन हुँदा विद्यार्थीहरु हकहितबाट बञ्चित भएको भन्दै विद्यार्थी संघ संगठनहरुले त्रिभुवन विश्वविद्यालयलाई छिटो चुनाव गराउन दबाव दिँदै आएका थिए ।
त्रिवि सभाको बैठकमा विद्यार्थी नेताहरुलाई पनि बोलाइएको थियो । स्ववियु चुनावमा उमेर विवाद मिलाउन शिक्षाध्यक्ष सुधा त्रिपाठीको संयोजकत्वमा एक समिति पनि गठन गरिएको छ । समितिमा गंगाबहादुर थापा र भिसीले तोकेको एक व्यक्ति सदस्य छन् ।
समितिमा नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका अध्यक्षहरूलाई पनि राख्ने छलफल चले पनि सहमति भइनसकेको अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले जानकारी दिनुभयो ।
समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समय अवधि दिइएको छ । स्ववियु चुनावमा २८ वर्षभन्दा माथिका व्यक्तिहरुलाई भाग लिन नदिन अनेरास्ववियु र अखिल क्रान्तिकारी सहमत भए पनि नेविसंघले विरोध जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट