News Category 2073/03/27

नेपाल बैंकका तत्कालिन प्रमुख दासलाई अदालतबाट सफाई

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ असार ।
नेपाल बैंक लिमिटेड राजविराज शाखाका तत्कालिन प्रमुख दीपक कुमार दासमाथी लगाइएको यौन शोषण तथा सामाजिक संजाल मार्फत अश्लिल फोटोहरु सार्वजनिक गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ । 
२०७१ साल जेठ २२ गते राजविराज ४ निवासी खुश्वु चौधरीले यौन शोषण तथा आफ्ना अश्लिल तस्बिर सामाजिक संजाल मार्फत सार्वजनिक गरेको भन्दै अदालतमा मुद्दा दर्ता गराएकी थिइन् । 
सो मुद्दामा लगाइएको आरोपहरु प्रमाणित नभएको कारणले जिल्ला अदालत काठमाडौंले बैंकका तत्कालिन प्रमुख दासलाई सफाई दिएको हो । 
यता सफाइ पाएपछि दासले आफ्नो स्वार्थका लागि खुश्वुले षडयन्त्रपूर्ण तरिकाले आफूलाई फसाउन खोजेको आरोप समेत लगाउनुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट