News Category 2073/03/29

माओवादी र काँग्रेसबीच सात बुँदे सहमति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ असार । 
नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएको केही घण्टा भित्रै नेपाली कांग्रेस र माओवादीबीच सातबुँदे सहमति भएको छ ।
सातबुँदे सहमतिमा माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्नुभएको छ । 
कांग्रेस र माओवादीबीच भएको सहमतिको सातौं बुँदामा कांग्रेस र माओवादीको संयुक्त सरकार गठन गर्ने उल्लेख छ । 
सातबुँदे सहमतिको मस्यौदामा संविधानलाई लिएर देखा परेको असन्तुष्टिलाई सम्बोधन गर्न राजनीतिक सहमतिका आधारमा सीमांकनसहितका विषयमा संविधान संशोधन गर्ने उल्लेख छ ।
त्यसैगरी स्थानीय तह पुनःसंरचनसम्वन्धी आयोगले प्रतिवेदन बुझाएपछि स्थानीय, प्रदेश र केन्द्रको चुनाव गर्ने दुई दलको अर्को सहमति छ ।
तेस्रो बुँदा शान्ति प्रक्रियाबारे उल्लेख छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्वन्धी आयोगको कानुनमा संशोधन गर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिने र जग्गा विवाद सहमतिमा समाधान गर्ने सहमतिमा उल्लेख छ ।
भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिने, कालोबजारी रोक्ने र देशलाई आर्थिक सम्बृद्धिको बाटोमा लैजाने पनि कांग्रेस र माओवादीको सहमति उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट