News Category 2073/03/31

सेवाग्राहीलाई कुटपिटको बिरोधमा मालपोतको कामकाज ठप्प

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० असार ।
 मालपोत कार्यालय सप्तरीमा जग्गा रजिष्ट्रेशन गराउने क्रममा कर्मचारीहरुले एक सेवाग्राहीलाई बुधबार कुटपीट गरेको विषयलाई लिएर विवाद उत्पन्न भएपछि बिहीबार मालपोत कार्यालयको कामकाज ठप्प भएको छ ।
 मालपोत कार्यालय सप्तरीमा बुधबार दिउँसो राजविराज नगरपालिका वडा नम्वर १० का ३४ वर्षिय श्यामप्रसाद साहलाई जग्गा रजिष्ट्रेशन गराउने क्रममा त्यहाका कर्मचारीहरुले निर्घात कुटपीट गरी घाइते बनाएका थिए ।
 रजिष्ट्रेशन फाँटका कर्मचारी धर्मेन्द्र खड्का र योगेन्द्र अधिकारीले काम छिट्टै अगाडी बढाइदिनका लागि दुई सय रुपैयाँ घुस माग गर्दा साहले नदिने अडान लिएपछि दुबै कर्मचारीले कुटपिट गरेको पीडितको भनाई छ ।
 त्यस्तै साहलाई कुट्न थालेको देखेर मालपोत कार्यालयका जामुन यादव, पशुपती देवलगायतले मुक्का, रड र धारिलो हतियारले हिर्काएको बताउँदै पीडित साहले त्यसपछि कार्यालयका अन्य कर्मचारीहरु समेत आएर कुटपिट गरेको पीडितले जानकारी दिए ।
 यता जिल्ला विभिन्न राजनीतिक दलका नेताहरु समेत आम जनताको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै दोषीलाई कडा कार्वाही गर्न माग गरेका छन् ।
 यसैगरि रामसपाका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले बिहीबार सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले कुटपिटमा संलग्न कर्मचारीहरुलाई कारवाहीको प्रक्रिया अगाडी बढाइरहेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट