News Category 2073/04/02

आजदेखी १ लाख २३ हजार घरको मूल ढोकामा प्रहरीले स्टिकर टाँस गर्ने

दैनिक समाचारदाता

राजविराज÷ “प्रहरी मेरो साथी” अभियान अन्तरगत आइतबार देखी सप्तरीको १ लाख २३ हजार घरको मूल ढोकामा प्रहरीको फोन नम्बर भएको स्टिकर टाँस गर्ने अभियानको शुभारम्भ हुने भएको छ । 
सो अभियानको पूर्व क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले उद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ । 
यसअघि जिल्ला प्रहरी कार्यालय सप्तरीले थालेको ‘प्रहरी मेरो साथी‘ अभियानको पुनरावेदन अदालतका मुख्य न्यायाधिश कुमार चुडालले शुभारम्भ गर्नुभएको थियो ।   
अंचल प्रहरी कार्यालय सगरमाथाका वरिष्ठ प्रहरी उपरिक्षक उत्तम बहादुर सिंहको अध्यक्षता तथा पुनरावेदन अदालतका मुख्य न्यायाधिश कुमार चुडालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव, नेकपा एमालेका अध्यक्ष गोबिन्द न्यौपाने, मधेशी मोर्चाका तर्फबाट रामसपाका जिल्ला उपाध्यक्ष सत्तिश सिंह, उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण कुमार देव, गैसस महासंघ सप्तरीका सचिव बलदेव मण्डल, ब्रहमकुमारी राजयोग सेवा केन्द्रकी मिरा दिदी लगायतका वक्ताहरुले प्रहरी र जनताबीच सुमधुर सम्बन्ध कायम हुनुपर्नेमा जोड दिनुभयो ।  
अभियान बारे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरिक्षक भिम ढकालले जानकारी दिनुभयो । उहाँले अभियान अन्तर्गत सप्तरी जिल्लामा रहेको एक लाख २३ हजार घरमा कुनै प्रकारको अपराध वा हिंसा भयो भने कहाँ सम्र्पक गर्ने भन्ने स्टीकर टाँसिने जानकारी दिनुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट