News Category 2073/04/03

प्रेस सेन्टर प्रदेश नं. २ को संयोजकमा देवराम यादव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ साउन । 
प्रेस सेन्टर नेपाल प्रदेश नं. २ को संयोजकमा सप्तरीका देवराम यादब चयन हुनु भएको छ ।  जनकपुरमा सम्पन्न प्रेस सेन्टरको एकता भेलाले यादवको संयोजकत्वमा २५ सदस्यीय प्रादेशिक समिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।
शनिबार सम्पन्न एकता भेलाले समितिको सहसंयोजकमा सप्तरीका राजु विश्वकर्मा, सिरहाका हिरालाल चौधरी, धनुषाका शैलेन्द्र महतो, महोत्तरीका जनार्दन पोखरेल, सर्लाहीका भक्ति रिजाल, रौतहटका जितेन्द्र श्रीवास्तब, बाराका रामबाबु मेहता र पर्साका दिपक गौतम चयन हुनु भएको छ । 
भेलाले सुनिता बराल, विनु जिम्बा, सरद लामा, सुनिता महतो, आषिश विश्वकर्मा, रामभरोसी यादब, दिनेश यादब, मनोज साह, महेश्वर अधिकारी, फैजुला आलम, निरज पिठाकोठे, मुनेश लायो मगर, विन्दु यादब, डम्बर राई, नेहा झा र गोविन्द महतोलाई सदस्यमा चयन गरेको छ । 
यसअघि नेकपा माओवादी केन्द्रका सचिबालय सदस्य गोपाल ठाकुरको प्रमुख आतिथ्यतामा भएको एकता भेलामा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य रामचन्द्र मण्डल, केन्द्रीय सदस्य झल्कु यादब, सांसद रामसिंह यादब, पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, प्रेस सेन्टरका केन्द्रीय प्रतिनिधी एसबी थापा, इन्सेक धनुषाका प्रतिनिधी विनोद महरा लगायतले बोल्नु भएको थियो । 
भेलाले आगामी भदौ १० गते काठमाडौंमा हुने प्रेस सेन्टरको केन्द्रीय अधिवेशनलाई भव्यताका साथ सफल पार्ने निर्णय गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट